खेल

कतार भर्सेस नेपालः विस्फोटक ब्याटिङ गरेर पारस आउट (LIVE)

कतार भर्सेस नेपालः विस्फोटक ब्याटिङ गरेर पारस आउट (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटकारुपमा कप्तान पारस खड्कालाई २८ रनमा गुमाएको हो । उनले ४ चौका र १ छक्काको मद्दतमा १६ बलमा २८ रन बनाएको अवस्थामा उनी पाँचौ ओभरको अन्तिम बलमा क्याच आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ८ ओभरमा १ विकेट गुमाएर ५७ रन बनाएको छ ।

 

यस्तै अर्का ओपनर ज्ञानेन्द्र मल्लले २ चौका र १ छक्काको मद्दतमा २३ बलमा २३ रन बनाएका छन् । आज नेपालले टस जितेर ब्याटिङ गरिरहेको हो । एसिया फाइनल खेल्ने पाँच राष्ट्रमध्ये नेपाल एक मात्र एकदिवसीय मान्यता प्राप्त पाएको टिम भएकाले उपाधि जित्ने बलियो सम्भावना छ । आईसीसी वरियतामा नेपाल ११ औं र कतार २१ औं स्थानमा छ ।

 

यस्तो छ नेपालको प्लेइङ–११ः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी  र ललित नारायण राजवंशी ।

">

 

कतार भर्सेस नेपाल पारस आउट टी–२० विश्वकप एसिया फाइनल छनोट

विशेष