खेल

टि–२० विश्वकप छनोटः नेपाललाई लगातार झड्का (LIVE)

टि–२० विश्वकप छनोटः नेपाललाई लगातार झड्का (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ७ रनमा गुमाएको हो । उनी नेपालले १०.१ ओभरमा ६७ रन बनाएको अवस्थामा क्याच आउट भए । यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई २३ र कप्तान पारस खड्कालाई २८ रनमा गुमाउन पुग्यो ।  

आज नेपालले टस जितेर ब्याटिङ गरिरहेको हो । एसिया फाइनल खेल्ने पाँच राष्ट्रमध्ये नेपाल एक मात्र एकदिवसीय मान्यता प्राप्त पाएको टिम भएकाले उपाधि जित्ने बलियो सम्भावना छ । आईसीसी वरियतामा नेपाल ११ औं र कतार २१ औं स्थानमा छ ।

यस्तो छ नेपालको प्लेइङ–११ः
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी  र ललित नारायण राजवंशी ।

 ">

शरद भेषवाकर कतार भर्सेस नेपाल

विशेष