खेल

नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट (LIVE)

नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आइसीसी टी–२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपालले दिएको १२३ रनको लक्ष्य पछ्याएको कतारले दोस्रो विकेट गुमाएको छ । कतारले दोस्रो विकेटको रुपमा कमरान खानलाई २२ रनमा गुमाएको हो । उनलाई करणले आउट गर्न सफल भए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका हुन् । यसअघि कतारले पहिलो विकेटको रुपमा फैसल जाभिदलाई १ रनमा गुमाउन पुग्यो । उनलाई सन्दीप लामिछानले आफ्नो पहिलो ओभरको पहिलो आउट गर्न सफल भएका थिए ।

 

यसअघि सिंगापुरको इन्डियन एशोसिएट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३४, कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, शरद भेषावकरले ७, करण केसीले ४ रन बनाए ।

 

बलिङमा कतारका इकबाल हुसैनले ३, तमूर सज्जाद, लनउमान सनवारले २–२ र इनाम उल हकले एक विकेट लिए । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपालले साउन ८ गते मलेसियासँग दोस्रो, साउन ११ गते कुवेतसँग तेस्रो र साउन १२ गते आयोजक सिंगापुरसँग चौथो खेल खेल्नेछ।

 

उक्त प्रतियोगिताको शीर्ष स्थानमा आउने एउटा टोलीले टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा आयोजना हुनेछ । १४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

 ">

नेपाल भर्सेस कतार करणा केसी

विशेष