खेल

विश्वकप छनोटः नेपाल र मलेसियाबीचको खेल नहुने सम्भावना

विश्वकप छनोटः नेपाल र मलेसियाबीचको खेल नहुने सम्भावना

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ । तर वर्षाका कारण खेल नहुने सम्भावना बढेको छ । मौसम पूर्वानुमानले स्थानीय समय २ बजेसम्म वर्षा हुने देखिएको छ । नेपालको खेल नेपाली समय २ः१२ सम्म सुरु हुनु पर्नेछ । टस हुनुभन्दा १० मिनेट अगाडिबाट वर्षा सुरु भएको छ ।

 

नेपालको खेल अवधिभर वर्षा हुने बलियो सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ । वर्षाले मलेसियाविरुद्ध खेल रद्द भए अर्को चरण पुग्ने नेपालको अंक गणितीय सम्भावना मात्र बाँकी रहने छ । पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपछि नेपाल संकटमा परेको हो ।

नेपाल भर्सेस मलेसिया विश्वकप छनोट

विशेष