खेल

विश्वकप क्रिकेटः बंगलादेशलाई हराए भारत सेमिफाइनलमा

विश्वकप क्रिकेटः बंगलादेशलाई हराए भारत सेमिफाइनलमा

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटको ४०औं खेलमा आज पूर्व विश्वविजेता भारत र बंगलादेश भिड्दै छन् । यी दुई टोलीबीचको खेल बर्मिङघममा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । आज बंगलादेशलाई हराउन सके भारत सेमिफाइनलमा स्थान बनाउने छ । बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । 

 

अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले ७ खेलमध्ये पाँच खेलमा जीत, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।  बंगलादेशले सात खेलमध्ये तीन खेलमा जीत र तीन खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक जोडेको छ । 


 
भारतको पूरा टिमः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी (विकेटकीपर), रोहित शर्मा, दिनेश कार्तिक, केदार जाधव, रविन्द्र जडेजा, केएल राहुल, मोहम्मद शामी, भुवनेश्वकर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल, कुलदीप यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त र मयंक अग्रवाल ।

 

बंगलादेशको पूरा टिमः मुसरुफे मुर्तुजा (कप्तान) तमिम इकबाल, शाकिव अल हसन, मुश्फिकुर रहीम (किकेटकीपर), सौम्य सरकार, लिटोन दास, रुबेल हुसेन, सब्बीर रहमान, मुस्तफिजुर रहमान, मोसाद्दिक होसैन, मोहम्मद सैफउद्दिन, मोहम्मद मिथुन, मेहदी हसन, महमुदुल्लाह र अबु जायद ।


 


 

विश्वकप क्रिकेट भारत भर्सेस बंगलादेश

विशेष