खेल

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै सोमपाललाई दोस्रो सफलता (LIVE)

मलेसियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पहिलो ओभरमै सोमपाललाई दोस्रो सफलता (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर बलिङ रोजेको नेपालले पहिलो ओभरमै २ विकेट लिन सफल भएको छ । दुवै विकेट सोमपाल कामीले लिएका हुन् । पहिलो ओभरमा २ विकेट गुमाएर मलेसियाले ९ रन बटुलेको छ । 


वर्षाकाकारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् । लगातारको वर्षाको कारण निर्धारित समय भन्दा २ घण्टा ढिला हुँदा खेल घटाएर ९ ओभरमा झारिएको छ । नेपाललाई अर्को चरणमा पुग्न मलेसियाविरुद्धको खेल जित्नैपर्ने हुन्छ ।

 

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

">

नेपाल भर्सेस मलेसिया

विशेष