सिनामंगलमा माइक्रो र बस ठोक्किँदा १७ घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको सिनामंगलमा दुई सवारी साधन ठोक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए। घाइतेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते हुनेमा १३ पुरुष र चार महिला छन्। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
सवारी दुर्घटना