खेल

विश्वकप छनोटः ज्ञानेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालको शानदार जीत

विश्वकप छनोटः ज्ञानेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालको शानदार जीत

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ । ८४ रनको लक्ष्य पाएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । यो जीतसँगै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ ।

नेपालको जीतमा कप्तान ज्ञानेन्द्र मल्लले ३ छक्का र ५ चौकाको मद्दतमा २१ बलमा ५१ रन बनाए । नेपालको टि–२० क्रिकेटमा उनी सर्बाधिक छिटो अर्धशतक बनाउने पहिलो क्रिकेटरसमेत बनेका छन् ।

यस्तै विनोद भण्डारीले नट आउट १३, प्रदीप ऐरीले १२, दीपेन्द्र सिंह ऐरीले २ र शरद भेषावकरले नटआउट ३ रन बनाए । बलिङमा मलेसियाका मुहम्द सहादतले ३ विकेट लिए ।

नेपाल भर्सेस मलेसिया

विशेष