मुख्य समाचार

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा सोमबार राति आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । उद्धारमा खटिएका नेपाली सेनाको गोरखदल गणका मेजर मनोज डंगोलका अनुसार पहिरोमा पुरिएर बेपत्ता १३ मध्ये बिहीबार बिहानसम्म १३ जनाको शव निकालिएको हो । 

 

बुधबार बेलुकी पानी परेर उद्धारमा कठिनाई भए पनि बिहीबार बिहानैदेखि पहिरो पन्छाउने काम गर्दा लिम्घाको भीरकुनाका ८ वर्षीया तारा विकको शव फेला परेको गोरखदल गणका मेजर डंगोलले जानकारी दिए । 

 

पहिरोमा बेपत्ता लुम्पेक, सिङदीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विकको शव बुधबार भेटिएको हो । सत्यवतीकै, लिम्घा भीरकुना पहिरोमा हराइरहेकामध्ये ६ वर्षीय सुमन विकको शव पनि बुधबार फेला परेको थियो ।
 

गुल्मी पहिरो सत्यवती गाउँपालिका

विशेष