मनोरञ्जन

सम्बन्ध विच्छेदका अनौठा परम्परा 

सम्बन्ध विच्छेदका अनौठा परम्परा 

मानव जातिद्वारा विकसित संस्कारमध्ये विवाह सर्वाधिक महत्वपूर्ण मानिन्छ । विवाह बन्धन भावनात्मक तथा कोमल हुन्छ । आपसी समझदारीको अभावमा जब दाम्पत्य जीवनमा दरार उत्पन्न हुन्छ,  फलस्वरुप पारपाचुकेले जन्म लिन पुग्छ । पाचरपाचुकेको पृष्ठभूमि हेर्ने हो भने यसको कारक व्यक्तिगत, आर्थिक तथा सामाजिक रहेको हुन्छ । यहाँ पारपाचुकेका अनौठा परम्पराका विषयमा उल्लेख गरिएको छ । 

नर्वे निवासी एक महिलाले लोग्नेको चिण्डे तालुका कारण आफ्नो अपमान भएको भन्दै पारपाचुके मागेकी थिइन । उनको जिकिर थियो– ‘मैले विवाह गर्दा उसको टाउकोमा पुरै कपाल थियो । कपाल नभएको पति किमार्थ कल्पना गर्न सक्दिन ।’

फ्रान्सको नीस निवासी ९९ वर्षीया बृद्धा महिलाले अखबारमा वैवाहिक विज्ञापन छपाएकी थिइन– ‘आवश्यकता छ ज्यादा भन्दा ज्यादा २२ वर्षीय स्वस्थ र सुन्दर युवकको । मैले अहिलेसम्म ६४ वटा छोडपत्र गरिसकेकी छु ।’

भारतको उडिसास्थित औराली गाउँका ६२ वर्षीय उदयनाथले अहिलेसम्म ८८ वटा विवाह गरिसकेका छन् । विवाह गरे मध्ये ५९ जनाले विवाह गरेको केही समयमा नै उनलाई छोडेका थिए । १४ वटा पत्नी यस संसारमा छैनन् ।  धेरै समय उनीसंगै बसेका १० जनाले पनि अन्ततः धोकै दिए । अहिले उनको घरमा पाँच पत्नी छन् । 

अष्ट्रेलियाका ४० वर्षीय फिन हेरिसले अदालत सामु न्यायको भीख माग्दै भनेका थिए– ‘मेरी पत्नी मेरो काँधमा उभिएर एउटा काठमो टुक्राले आफ्नो सुत्ने कोठामा भएको पंखा घुमाउँछे । यसबाट मलाई धेरै पीडा भइरहेको छ । अदालतले हेरिसको पीडालाई ध्यानमा राखी छोडपत्र मञ्जुर गरेको थियो । 

न्यूर्योककी एक महिलाले आफ्नो पतिसंग यसकारण छोडपत्र गरेकी थिइन कि उनको पतिले आफ्नो पाल्तु सुगालाई ‘भूतनी चिठा उठ’ भन्ने वाक्य रटाएका थिए । 

अमेरिकाको लस एन्जलसकी एलविन आकमेन नाम गरिएकी महिलाले आफ्नो पतिले लेखेको ‘आत्महत्याको सयकडौं तरिका’ पुस्तकले आफूलाई छोडपत्रका लागि बाध्य पारेको उल्लेख गरेकी छन् । पुस्तकको भूमिकामा ‘पत्नीको प्रेरणाले पुस्तक लेखिएको हो’ यही पंक्तिप्रति उनको आपत्ति रह्यो । यही असहमतिको परिणाम सम्बन्धमा पूर्णविराम लाग्न पुग्यो । 

सन् १९८५ अगष्ट ३१ का दिन अमेरिकाकै लसएन्जलसमा महँगो पारपाचुके भएको थियो । अमेरिकाका सर्वाधिक लोकप्रिय टीभी स्टार जोहिनी केरशनले आफ्नो पत्नीसंगको  सम्बन्ध विधिवत त्यागिदिए । छोड्ने पत्नीको भागमा  २२ लाख डलर नगद, ३० वटा घर, २ वटा कार तथा स्टकको लाखौं कित्ता शेयर परेको थियो । 

अमेरिकी नागरिक इडास्र्टन ९१ र  साइमन ९७ वृद्ध जोडी थिए । सन् १९८४ मा यो दम्पत्तिले पारपाचुके टुंगो लगायो । अहिलेसम्मको रेकर्डमा सर्वाधिक पाको उमेरको सम्बन्ध विच्छेद यसैलाई मानिन्छ । 

विश्वका विभिन्न स्थानहरुमा पारपाचुकेका विभिन्न परम्परा रहेको पाइन्छ । अमेरिकाको रेड ईण्डियन समूहमा विवाह समय दाउराको एउटा सानो भारी विवाहित जोडीलाई दिइन्छ । यो दाउराको भारीलाई उनीहरु सुखद वैवाहिक जीवनको प्रतिक ठानेर सम्हाल्छन् । जब त्यो दाउराको भारीका एक दुईवटा दाउरा भाँचिन्छन, त्यसबेला पारपाचुके भएको मानिन्छ । 

अष्ट्रेलियाका केही प्रान्तमा पारपाचुके गर्नुपर्दा निशानाबाजीको परीक्षा लिनुपर्छ । यदि पत्नीले पतिबाट तलाक लिनु छ भने उसलाई रुखको फेदमा उभ्याइन्छ र पतिले ४० पाइला पछाडिबाट भाला हान्दछ । पत्नीले आफ्नो बचाउ आफैं गर्नुपर्दछ । यसक्रममा पत्नीले त्यहाँबाट भाग्न नपाए पनि यता उता तर्कन पाउँदछे । पतिलाई १० पटकसम्म भाला हान्ने मौका दिइन्छ । यदि यस अवधिमा पत्नीलाई भाला नलागेमा पत्नीले पति छोडेर जान बाधा हुने छैन् । 

बर्माको सान प्रान्तमा पारपाचुके सम्बन्धी अधिकार पतिभन्दा पत्नीलाई बढी हुन्छ । यहाँ पत्नीले इच्छाअनुसार पतिलाई घरबाट निकाल्न सक्छन् । पतिलाई सम्पत्तिबाट च्यूत गराउने अधिकार पनि उनीहरुमा रहेको छ । अधिकार यतिमा मात्र सीमित छैन, यी सम्पूर्ण काम गरेर इज्जतसाथ अर्को विवाह गर्ने अधिकार कानुनले उनीहरुलाई दिएको छ । 

मध्यपूर्व अमेरिकाका केही प्रान्तहरुमा पारपाचुकेका अनौठा परम्पराहरु प्रचलित छन् । यदि कुनै पुरुषले पत्नीसंग पारपाचुके गर्नु छ भने पत्नीलाई ढोका बाहिर निकालिन्छ । एक निश्चित समय पछि यही घट्ना तलाकमा परिणत हुन्छ । 

साइबेरियामा कुनै पनि व्यक्तिले पत्नीसंग सम्बन्ध विच्छेद गर्नु छ भने सार्वजनिक समारोहमा उसको बुर्का उतार्नु पर्छ । सार्वजनिक थलोमा गरिएको यही कर्मबाट उनीहरु सदाका लागि फुक्का हुन्छन् । 

मलायाको जंगली क्षेत्रमा बस्ने समुदायहरुमा पारपाचुकेको एउटा अत्यन्त अश्लील परम्परा छ । यदि कुनै व्यक्तिले पत्नीसंग पारपाचुके गर्नु छ भने उसले आफ्नो समाजका मानिसलाई भोजमा बोलाउनु पर्छ । यस भोजमा सबैजना नाच्ने र गाउने गर्छन् । यसै भोजमा पतिले पत्नीलाई सर्वाङ्ग नाङ्गो बनाउँदछ । पत्नी भोज नसकिएसम्म बर्थ डे पोजमै बस्नु पर्छ । यसबीच कुनै पुरुषले विवाह गर्न चाह्यो भने लुगा ओढाइदिने प्रचलन रहेको छ । 

डेनमार्कमा क्याप्टेन आगेकालर्सनको विवाह सन् १८११ मा भएको थियो । त्यसैबेला उनी सागरतर्फ जानुपर्ने भएको हुँदा पत्नीलाई संगै जाने आग्रह गरे । तर पत्नीले मानिनन । यही निहुँमा क्याप्टेनले सम्बन्ध विच्छेद गरे । धेरै समयपछि उनी घर फर्किए । त्यसलगत्तै सम्बन्ध विच्छेद गरिएकी पत्नीसंग फेरि विवाह गरे । त्यसबेला उनीहरुको उमेर यति बढी भइसकेको थियो कि उनीहरुले १०० औं विवाहत्सोव मनाएका थिए । 

विवाह चिण्डे तालु

विशेष