राशिफल

कस्तो बित्दैछ तपाइको दिन? हेर्नुस् राशिफल

कस्तो बित्दैछ तपाइको दिन? हेर्नुस् राशिफल

वि.सं. २०७६ साल साउन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष ।   

मेषः बोलैरै मनग्गे धन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने वातावरण बन्नेछ । 

बृषः लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे आम्दानी गर्न सक्ने छन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । 

मिथुनः पढाइ–लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ । शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारी–साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिने छ ।  

कर्कटः राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापारमा लगानी  गरी मनग्गे धन तथा सम्पति कमाउन सकिने छ ।  

सिहंः भाग्यले साथ दिने हुनाले व्यापारमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिने छ । लामो दुरीको अध्ययन यात्रा हुनेछ । धार्मिक स्थल तथा मन्दिर गएर मनलाई शान्त पार्न सकिने छ ।  

कन्याः स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग  छ । मन कमजोर हुनेहुँदा पढाई–लेखाइमा मन जाने छैन । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । 

तुलाः व्यापारमा लगानी  गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । माया–प्रेममा सामान्य तित्तता आएपनि अन्तत एक अर्काबीच मिलेर अगाडि बढ्न सकिने छ । बाहिर वातावबरणको ख्याल गर्नुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिकः सत्रु तथा प्रतिस्पर्धिलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोत फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी  गर्न सकिने छ । माया–प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ  

धनुः विगतका गल्ति तथा कमि कमजोरिलाई सच्याउँदै परिणाममुखि काम गर्न सकिने छ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेको छ । शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।  

मकरः कृषि तथा सहकारी व्यवसायमा लागानी बढाई मनग्गे लाभ लिन सकिने छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ ।  

कुम्भः दाजुभाईसँगको सम्बन्धमा नयाँपनको विकास हुनेछ । छोटो दुरीको व्यवसायिक यात्राको तय गर्न सकिनेछ । माया–प्रेममा नजिक हुने समय रहेको छ ।  

मीनः व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिने छ । आफन्त तथा सहयोगीको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाई–लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने छ । 

राशिफल

विशेष