खेल

विश्वकप छनोटः कुवेतद्वारा कतारलाई १९८ रनको लक्ष्य (LIVE)

विश्वकप छनोटः कुवेतद्वारा कतारलाई १९८ रनको लक्ष्य (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले कतारलाई १९८ नको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो ।

उसका लागि अदानन इड्रेसले ५६, कप्तान मोहम्मद काशिफले ४३, मीट भास्वारले ३५, रभिजा सद्धारुवानले २६, उश्मान वाहीदले नटआउट २८, सिराज खानले ६ रन बनाए ।  बलिङमा कतारका इकबाल हुसैन, नउमान सरवारले २– २, मोहम्मद नदीम र इनाम उल हकले एकएक विकेट लिए । 


नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो । पहिलो हारका कारण शीर्ष स्थानमा पुग्न नेपाल संघर्ष गरिरहेको छ । अंक तालिकामा कुवेत पुछारमा, कतार चौथो र नेपाल तेस्रो स्थानमा छ । यस्तै सिंगापुर शीर्ष र मलेसिया अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालले तेस्रो खेलमा भोलि कुवेतको सामना गर्दैछ ।

">

विश्वकप छनोट कुवेत भर्सेस कतार

विशेष