खेल

कुवेतलाई पाँचौ झड्का, सन्दीपलाई एकै ओभरमा दोस्रो सफलता (LIVE)

कुवेतलाई पाँचौ झड्का, सन्दीपलाई एकै ओभरमा दोस्रो सफलता (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले ९ ओभरमा महत्वपूर्ण ५ विकेट लिइसकेको छ । नेपाललाई चौथो र पाँचौ सफलता सन्दीप लामिछानेले दिलाएका हुन् । यस्तै दोस्रो र तेस्रो सफलता बसन्त रेग्मीले आफ्नो पहिलो ओभरमै दिलाउन सफल भए । तेस्रो विकेटकारुपमा कुवेतले विष्फोटक ब्याट्सम्यान आदन इड्रिसलाई २५ रनमा गुमाउन पुग्यो ।

यसअघि नेपाललाई पहिलो विकेट दोस्रो ओभरको पहिलो बलमै करण केसीले दिलाएका थिए । आज नेपालले टस जितेर टस जितेर फिल्डिङ रोजेको हो । चोटका कारण मलेसियासँगको खेल गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी प्लेइङ ११ मा स्थान बनाउन असफल भएका छन् । नेपालको प्लेइङ –११

१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

 ">

नेपाल भर्सेस कुवेत सन्दीप लामिछाने

विशेष