खेल

नेपालको ग्लोबल छनोटमा पुग्ने सपना अपूरो

नेपालको ग्लोबल छनोटमा पुग्ने सपना अपूरो

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै ग्लोबल छनोटमा पुग्ने सपना अपूरै रहेको छ। यसका साथै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ ।

जितका लागि १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४ चौका ३ छक्का हिर्काएर सर्वाधिक ३९ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

कप्तान पारसले १२ रनको योगदान दिँदा सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याटसम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।

 

विशेष