खेल

वान डे सिरिजः बंगलादेशविरुद्ध श्रीलंकाको शानदार जीत

वान डे सिरिजः बंगलादेशविरुद्ध श्रीलंकाको शानदार जीत

काठमाडौं । बंगलादेश विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि श्रीलंकाले शानदार जीत हासिल गरेको छ । आइतबार राति भएको दोस्रो खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको २३९ रनको लक्ष्य श्रीलंकाले ४४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि अभिश्का फर्नान्डोले ८२, एन्जेलो म्याथ्यूजले नटआउट ५२, कुसल पेरेराले ३०, कुल मेन्डिसले ४१ र कप्तान दिमुथ करुणारत्नले १५ रन बनाए । बलिङमा मुस्तफिजुर रहमानले २ र मेहदी हसन मिराजले एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो । उसका लागि मुशफिकुर रहीमले शानदार प्रदर्शन गरे । उनले १ छक्का र ६ चौकाको मद्दतमा ११० बलमा नटआउट ९८ रन बनाए ।

यस्तै मेहदी हसन मिराजले ४३, कप्तान तमिम इकबालले १९, मोसाद्दिक होसैनले १३, सब्बीर रहमान, सौम्य सरकारले ११–११, मोहम्मद मिथुनले १२ रन बनाए ।

बलिङमा श्रीलंकाका अकिला धनन्जय, इशरु उडाना र नुवान प्रदीपले समान एक विकेट लिए । यो जीतसँगै तीन खेलको सिरिजमा श्रीलंकाले २–० ले अग्रता लिएको छ ।

 

एकदिवसीय सिरिज बंगलादेश भर्सेस श्रीलंका

विशेष