नेपालीबाट नै शोषित छन् विदेशमा नेपाली
सरोज खडका
उमेरले २२ वर्ष पनि ननाघेकी बबिता दाहाल धेरै पैसा कमाएर सुखको जिन्दगी जिउने सपना बोकेर दुवई आईन । सुदुरपश्चिम घर भएकी उनको काठ्माडाैमा एकजना मेनपावर एजेन्टसँग चिनजान भयो । एउटा सहकारीमा बजार प्रतिनिधिको नोकरी गरिरहेकी बबितालाई विदेश गएपछि यस्तो दुःख पनी गर्नु नपर्ने र पैसा पनि धेरै कमाउन सकिने सपना देखाए ती एजेन्टले ।
आर्थिक स्थिति पनि कमजोर भएकी उनी धन कमाउने सपनामा डुब्न थालिन् । एक वर्ष अघि परिवारको सहमति विना अन्तर जातीय विवाह गरेकी ववीताका श्रीमान् पनि बिहे गरेको केही दिनमै विदेशिएका थिए ।
श्रीमान श्रीमती नै विदेश गएर कमाएपछि भविश्यमा सुखसँग जिवन कट्ने भन्दै श्रीमानसँगको सल्लाहमा विदेश जाने तयारी गरिन् । एजेन्टलाई नगद रु १,२०,०००( एक लाख विस हजार) जोरजाम पनि गरिन र खाँदैगरेको जागिर पनि छोडेर विदेश जाने तयारीमा लागिन् ।
पासपोर्ट बुझाएको १५ दिनमा भिजा आयो भन्दै एजेन्टको फोन आएको दिन बबिता निकै खुशी भईत् । एजेन्टले भोलिपल्टै उडान भएकोले पैसा बोकेर अफिसमा आउनु भन्न नभ्याउँदै उनी पैसाको पोको बोकेर काठमाडौँको गौशलामा रहेको पिस ईन्टरनेसनल भन्ने मेनपावर कम्पनीमा पुगिन् ।
वेटरको जागिर मिलेको, ४५,००० नेपाली तलव रहेको अनी ओटी र टिप्स गरेर ५०,००० अतिरिक्त कमाई हुने, खाने बस्ने सुविधा भएको जस्ता निकै लोभलाग्दा सपना देखाए ।
पैसाको पोको बुझ्दै भालि बेलुका ५ बजे विमानस्थल पुग्नुपर्ने बताए । मनमा अव त दुःखका दिन गए भन्ने सोच्दै भएभरको पैसाले किनमेल गर्दै गोंगबुमा रहेको कोठामा पुगिन । लगभग १ लाख कमाई हुने जागिर भेटेको र भालि बेलुकाको उडान रहेको कुरा उनका विदेशमा रहेका श्रीमान्लाई भिडियो कल गरेर बताईन ।
श्रीमानपनी खुबै खुसी भए । श्रीमान् श्रीमती मिलेर धेरै धन कमाउने र नेपाल फर्केर सुखसँग जिन्दगी विताउने योजना बनाए ।
आफन्त, साथीभाई र शुभचिन्तकसँग विदा मागी कुम्लो कुटुरो बोकेर उनी बेलेका ४ बजे नै मेनपावर अफीस पुगिन । तर मेनपावरका कर्मचारीले आज उडान रद्ध भएको र भोली बेलुका आजकै समयमा आउन भन्दै गेटबाटै फर्काईदिए । ठुलो जोश जाँगरका साथ विदेश हिँडेकी वविताको अध्यारो मुख पारेर घर फर्किन ।
तर अफिसले दिनदिनै बोलाउँदै उडान रद्ध भयो भन्दै फर्काउँदै गर्न थाल्यो । वबिताको विदेश गएर काम गर्ने आधा जाँगर मरी सकेको थियो । पाँचौ दिनपनि उनी उही समयमा पुगीन । आज पनी फर्कीनु पर्छहोला भन्दै मेनपावर पुगेकोै पाँचौ दिनमा भने उनको उडान भयो ।
काठमाडौंबाट उडेको केही घण्टामा नै उनी खाडी मुलुक युनाइटेड अरब इमिरेट्स पुगिन् । विमानस्थलमा उनलाई दुवईमा काम लगाइदिने कम्पनी एक्सो डस हस्पीटालीटी सर्भिस भन्ने कामदार सप्लाएर कम्पनीका व्यक्ति पुगेका थिए । ठुला ठुला भवन, चिल्ला र फराकिला सडक, जताततै झिलीमिली उनलाइ लाग्यो ।
एक्सो डस हस्पिटालीटी सर्भिस भन्ने कामदार सप्लाएर कम्पनीमा आएकी उनी त्यो कम्पनी रोजगारदाता कम्पनी नभएर कामदार सप्लाएर कम्पनी भएको र वेटर नभई क्लिनर र घरायसी कामदारहरु मात्र सप्लाई गर्ने कम्पनी भएको थाहा पाएपछि भने एकपटक झुक्किईन । उनी एक्लै नभएर उनी सहित चारजना अरु महिला पनि सँगै भएकोले उनलाई खासै चिन्ता भने लागेको थिएन ।
उनीहरुलाई बस्नको लागी व्यवस्था गरीएको ठाउँमा पुर्याएर ती कम्पनीका प्रतिनिधि भोलि १० बजे गाडी लिन आउने र तयारी भएर बस्न भन्दै हिँडे । उनको आधा सपना त तव उड्यो जव उनीहरुको लागि व्यवस्था गरेको वासस्थानमा पुगिन । एउटा कोठामा १७ जना महिलाहरु बसेका थिए ।
कोही १५ दिन अगाडि मात्र आएका थिए भने कोही ३÷४ दिन देखी त्यहाँ बसेका थिए । भोलिपल्ट कम्पनीको गाडी त आयो तर उनीहरुलाई एक्सो डस हस्पीटालीटी सर्भिसको कार्यालयमा लगेर उनीहरुसँग भएका सम्झौता पत्र लगाएत सम्पुर्ण कागजातहरु जफत गरियो ।
पासपोर्टको र भिजाको फोटोकपी दिँदै एक्सो डस हस्पीटालिटी सर्भिसका सञ्चालक मनोज रिजालले काम सुरु नहुनजेल कोठामै बस्न र बाहिर ननीस्किन आदेश दिदै पनः कोठामा ल्याएर छाडिदिए ।
मान्छे भएर पनी भेडा बाख्रा जस्तो बस्नु पर्छ होला भनेर कहिल्यै नसोचेकी उनी काम गर्न थालेपछि राम्रोहोला भन्ने आसमा बसिन् । दिन वित्यो, हप्ता वित्यो अनि महिना तर काममा पठाएन ।
कोठामा न खाने कुरा छ न किन्ने पैसा छ, नेपालबाट ल्याएको अली अली पैसापनी सकिएपछि भरे के खाऊँ ? भालि के खाऊ ? भन्ने अवस्थामा पुगिन् । उनी लगायत १६÷१७ जनाको एउटै अवस्था थियो । काममा नपठाएपनि खानको लागि पैसा त दिन्छ होला भनेर माग्न गएका उनीहरुलाई काम नगरी पैसा नपाउने र कम्पनीले बस्ने व्यवस्थामात्र गर्ने सम्झौता भएको बताउँदै फर्काई दिए ।
दुवाई आएको महिनौ वितिसक्यो, कम्पनीले न त जागीर दिन्छ न त घर जान दिन्छ । कि काम देउ की घर पठाईदेउ भनेर एक्सो डस हस्पिटालीटी सर्भिस का सञ्चालकलाई कैयौँ पठक बिलौना गरिसकिन् । तर तिमीहरुलाई ल्याउादा ५,००० दिराम (लगभग रु १५०, ०००) खर्च भएको र नेपालबाट पैसा मगाएर तिर अनी पासपोर्ट दिन्छु भन्छन ।
दुःखै दुःखको चपेटामा परेर १२०,००० ऋण खोजेर दुवई आएकी उनी अव फेरी १५०, ००० ऋण खोजेर नेपाल फर्किने तयारीमा छिन ।
यस्तै दुःख छ धरानकी विना मगरको । नेपाल फर्किनका लागि नेपालमा भएका आफन्तसँग पैसाको जोहो गर्दैछिन् । ४ महिना अगाडि दुवई आएकी उनलाई पनी वेटरको काममा लगाईदिने भनेर ल्याइएको थियो ।
दुबई पुगेको १ महिनापछि काममा त लगाइदिए तर घरायसी कामदारमा । अरवी परिवारको घरमा कामदारको रुपमा बसेकी उनी न त भाषा आउँथ्यो न त घरका काम नै । दिनको १८ देखी २२ घण्टाको काम अनी घर मालीकको विभिन्न अत्याचार जसो तसो १ महिना विताईन तर मर्नु न बाँच्नुको अवस्थामा पुगेपछी घरबाट भागेर काम दिलाइदिने एक्सो डस हस्पीटालीटी सर्भिसको कार्यालय पुगिन् ।
नेपालीकै कम्पनी भएकोले सहयोग पाउने आशा गरेर पुगेकी उनी कम्पनीका संचालक मनोज रिजालले काम यहि हो गर्ने भए गर नत्र ५००० दिराम तिरेर नेपाल जाउ भन्ने जवाफ दिए । नेपालमा रहेका आफन्तले कहिले १५०,००० को जोहो गर्लान र नेपाल जान पाइएला भनेर कुरेर वसेकी छिन ।
बबिता र विना त प्रतिनिधि उदाहरण मात्र हुन । उनीहरुका अनुसार एक्सो डस हस्पीटालीटी सर्भिस नामको कामदार सप्लाएर्स कम्पनीमा मात्र १०/१५ जना महिला महिनौँ देखि यसरी बसिरहेका छन ।
खाडी मुलुक त्यसमा पनि विशेषगरी दुवईमा यसरी फसाउने कम्पनीहरु धेरै छन । धेरै धन कमाउने आशा देखाएर कुनै ज्ञान र सीप नभएका ववीता र विना जस्तालाई दुवई पठाउने पिस ईन्टरनेसनल मेनपावर अनि दुवाईमा कामदार सप्लाएर्सको काम गर्ने एक्सो डस हस्पीटालीटी सर्भिस र ३ महिनाको भिजिट भिसामा रोजगारीको ग्यारेन्टि गदै २/३ लाख लिएर विदेश पठाउने मेनपावर एजेन्टहरुलाई नेपाल सरकारले निगरानी वढाउनु पर्छ । युएई स्थित नेपाली दुतावासले पनी यस सम्बन्धि चासो देखाउनुपर्छ ।
मेँले दुवईमा आएपछि थुप्रै यसरी दुःख पाएकाहरु भेट्ने मौका पाएको छु । ठुला ठुला सपना देखाएर विदेश ल्याइएका नेपालीहरु मध्य धेरै दुःख पाउनेहरुमा विनाजस्ता कुनै सीप नभएका नेपालीहरु बढी छन् । त्यसैले पनि जुनसुकै देशमा पनी रोजगारीमा जानु भन्दा अगाडी सम्वन्धित कामको जानकारी वा दक्षता र त्यहाँ प्रयोग हुने भाषा जानेको हुनुपर्छ ।
यसो भएमा मात्र दुवईमा कामको दक्षता भएका जो कोही व्यक्ति वा जुनसुकै क्षेत्रमा पनी रोजगारी पाउन सक्छन ।