खेल

ग्लोबल टि–२० लिगः गेलको विष्फोटक ब्याटिङ, ५४ बलमा १२२ रन !

ग्लोबल टि–२० लिगः गेलको विष्फोटक ब्याटिङ, ५४ बलमा १२२ रन !

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि–२० लिग अन्तर्गत मंगलबार बिहान भएको भंकाकुर नाइट्स र मोन्ट्रीयल टाइगर्सविरुद्धको खेलमा नाइट्सका कप्तान क्रिस गेलले विष्फोटक ब्याटिङ गरेका छन् । उनले १२ छक्का र ७ चौकाको मद्दतमा ५४ बलमा नटआउट १२२ रन बनाए । उनी ग्लोबल टि–२० को इतिहासमा एकै खेलमा सर्बाधिक रन बनाउने पहिलो क्रिकेटरसमेत बनेका छन् । उनकै विष्फोटक प्रदर्शनमा भंकापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७६ रन बनायो ।

 

विशाल रन बनाउने क्रममा गेलले १२२, टोबिस भिस्सीले ५१, चडविक वाल्टसनले २९, रस्सी भानडुर ड्युसनले ५६ रन बनाए । बलिङमा  टाइगर्सका सुनिल नारायण, दिलोन हिलिगर र शेन अबोटले एकएक विकेट लिए । गेलले विष्फोटक ब्याटिङ गर पनि प्रतिकूल मौसमका कारण दुवै टिमले अंक बाँडे । आयोजकले आधीसहित वर्षा हुने भएपछि खेल रद्द गरेको हो ।  

क्रिस गेल ग्लोबल टि–२० लिग विष्फोटक ब्याटिङ

विशेष