स्वास्थ्य

मोबाइलमा ५ घण्टा समय बिताउँदा मोटोपन बढ्ने खतरा ४३ प्रतिशत बढी

धेरै मोबाइल चलाउने कि स्वास्थ्यको ख्यालन गर्ने ?

मोबाइलमा ५ घण्टा समय बिताउँदा मोटोपन बढ्ने खतरा ४३ प्रतिशत बढी

मोटोपनको कारण मध्य एक मोबाइलको अधिक प्रयोग पनि हुन सक्छ। क्यालिफोर्नियाको सिमोन बोलिवर युनिभर्सिटीले हालै गरेको एक अनुसन्धानले यस्तै संकेत गरेको छ।

अनुसन्धानका क्रममा दिनभर पाँच घण्टाभन्दा बढी मोबाइल फोन प्रयोग गर्ने व्यक्तिमा मोटोपन बढ्ने खतरा ४३ प्रतिशत बढी हुने भेटिएको हो। अनुसन्धानमा यसको कारण मोबाइलमा व्यस्त रहँदा फिजिकल एक्टिभिटीमा कम हुने र धेरै खाना खानु उल्लेख छ।

मेटाबोलिजमले बढाउन सक्छ अनिद्रा

अनुसन्धानकर्तालेहरूले उक्त अनुसन्धानमा एक हजार विद्यार्थीलाई सामेल गराएका थिए। अनुसन्धान सन् २०१८ को जुनदेखि डिसेम्बरसम्ममा गरिएको थियो। अनुसन्धानका क्रममा धेरै स्मार्ट फोन प्रयोग गर्ने विद्यार्थीले मीठा परिकार, पास्टफूड तथा चक्लेट खाने गरेको पाइएको थियो। उनीहरू शारीरिक व्यायम पनि कम गर्ने गर्थे।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूको यस्तो बानीले मेटाबोलिज्मलाई सुस्त बनाइदिन्छ। यसको कारण विद्यार्थीमा अनिद्राको समस्या बढ्न जान्छ। यसै कारणले मानिसहरूको वजन विस्तार वृद्धि हुँदै जान्छ।

अनुसन्धानकर्ता एवं हृदय रोग विशेषज्ञ प्रो. मिरेरी मेन्टिला-मोरोनका अनुसार व्यक्तिहरूको हातमा भएको मोबाइल नै स्वास्थ्य खराब गर्ने प्रमुख कारण हो। लगातार मोटोपन बढ्दा मुटुको रोगको खतरा बढ्छ।

अमेरिकन कलेज अफ कार्डियोलोजिको कन्फ्रिन्समा पेस गरिएको उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार २५ प्रतिशन ओभरवेट भएका विद्यार्थीलाई अनुसन्धानमा सामेल गरिएको थियो। यी विद्यार्थी दैनिकजसो पाँच घण्टाभन्दा बढी मोबाइल फोनमा समय बिताउँथे।

टेक्ससको राइस युनिभर्सिटीको एक अनुसन्धानमा उल्लेख भएअनुसार मोबाइल फोन अधिक प्रयोग गर्ने व्यक्तिलाई फास्ट फूड दियो भने उनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। त्यस्तै सन् २०१६ मा हार्डर्ड चेन स्कुलको अनुसन्धानले पनि लगातार लामो समयसम्म मोबाइल प्रयोग गर्दा मोटोपन बढ्ने आशंका व्यक्त गरेको थियो।

मोबाइल मोटोपन

विशेष