खेल

धोनीले ‘बुलेटप्रूफ ज्याकेट’ र एके–४७ को साथमा गस्ती गर्दै

धोनीले ‘बुलेटप्रूफ ज्याकेट’ र एके–४७ को साथमा गस्ती गर्दै

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान एवं लेफ्टीनेन्ट कर्णेल महेन्द्रसिंह धोनी बुधबार काश्मीरको आतंकवादी विरोधी यूनिटमा पहिलो पटक तैनाथ हुने भएका छन् । सुरक्षाकर्मीकासाथ उनले १५ दिन ड्यूटी गर्नेछन् । धोनीले १५ अगस्ट पनि त्यहीँ मनाउने छन् । त्यसपछि उनी तालिमका लागि बैंग्लोर जाने छन् । धोनीले आतंकवादग्रस्त इलाकामा १९ किलो तौल भएको सामान लिएर जानुपर्ने छ ।

 

केके छ, धोनीले बोक्नुपर्ने सामान?
१) तीन वटा म्यागजिन, ५ किलो
२) वर्दी ३ किलो
३) जूता २ किलो
४) तीनदेखि ६ ग्रिनेड, ४ किलो
५) हेलमेट १ किलो
६) बुलेट प्रुफ ज्याकेट ४ किलो

महेन्द्रसिंह धोनी काश्मीर बुलेटप्रूफ ज्याकेट गस्ती एके–४७

विशेष