भारतीय यी ब्याट्सम्यानद्वारा पनि क्रिकेटबाट अलविदा

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान एवं आन्ध्र प्रदेशका पूर्वकप्तान वेणुगोपाल रावले क्रिकेटबाट सन्यास लिएका छन् । वेणुगोपालले भारतका लागि १६ वान डे म्याच खेलेका थिए । ३७ वर्षीय उनले भारतका लागि ३० जूलाई २००५ मा वानेडेमा डेब्यू गरेका थिए । वेणुगोपालको डेब्यू खेल श्रीलंकाविरुद्ध भएको थियो । उक्त खेलमा उनले ३८ रन बनाएका थिए ।
भारतका लागि वेणुगोपालले अन्तिम वान डे म्याच २३ मे २००६ मा खेलेका थिए । मध्यक्रमका ब्याटसम्यान उनले १२१ पहिलो श्रेणीमा ४०.९३ को औसतमा ७०८१ रन बनाएका छन् । वेणुगोपालले आइपीएल पनि खेलिसकेका छन् । उनले डेक्कन चार्जर्स, दिल्ली डेयरडेभिल्स, सनराइजर्स हैदरावादबाट आइपीएल खेलेका छन् । वेणुगोपालले ८३ टि–२० म्याचमा २३.५५ को औसतमा १३९० रन बनाएका छन् ।