खेल

विश्वकपमा रोहित शर्माले बनाए यस्ता कीर्तिमान

विश्वकपमा रोहित शर्माले बनाए यस्ता कीर्तिमान

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा भारतीइ टिमका ओपनर रोहित शर्माले कीर्तिमानी प्रदर्शन गरेका छन् । उनी विश्वकपमा चौँथो शतक बनाउँदै एकै विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी बन्न सफल भए  । विश्वकपमा ४ शतक प्रहार गर्ने पहिलो भारतीय बन्दै सौरव गांगुलीलाई पछि पारेका छन् ।

 

कुमार संगाकारासँग बराबरी
रोहित शर्मा एकै विश्वकपमा ४ शतक बनाएका श्रीलंकाका पूर्व क्रिकेटर कुमार संगाकाराको कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन् । यसअघि भारतका लागि सौरव गांगुलीको एकै विश्वकपमा तीन शतक शतक बनाएका थिए । गांगुलीले २००३ मा केन्याविरुद्ध २ र नामिबियाविरुद्ध १ शतक प्रहार गरेका थिए । रोहितले मंगलबार बंगलादेशविरुद्ध १०४ रन बनाए । त्यसक्रममा उनले ५ छक्का र ७ चौका प्रहार गरे ।

 

सर्वाधिक रनकर्ता 
जारी विश्वकपमा रोहित शतकसँगै सर्वाधिक रन बनाउने क्रिकेटरसमेत बनेका छन्  । उनी अस्ट्रेलियाका डेबिड वार्नरलाई पछि पार्दै शीर्ष स्थानमा छन् । रोहितले ७ इनिङमा ५४४ रन बनाएका छन् । 

 

सर्बाधिक ठूलो साझेदारी
रोहित र लोकेश राहुलबीच पहिलो विकेटका लागि १८० रनको साझेदारी भयो । यो साझेदारी जारी विश्वकपकै ठूलो साझेदारी हो । यसअघि यो संस्करणमा इंग्ल्याण्डका जेसन रोय र जोनी बेरिस्टोबीच भारतविरुद्ध १६० रनको साझेदारी गरेका थिए ।  


विश्वकप इतिहासमा ५ शतक लगाउने रोहित पाँचौँ खेलाडी
रोहित विश्वकपमा कुल ५ शतक लगाउने तेस्रो ब्याट्सम्यान बने । उनी अघि अस्ट्रेलियाका रिकी पोन्टिङ, श्रीलंकाका कुमारा संगाकाराले ५–५ शतक बनाई सकेका छन् । विश्वकपमा सर्वाधिक धेरै शतकको कीर्तिमान भने भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा छ । तेन्दुलकरले कुल ६ शतक प्रहार गरेका छन् । रोहितले सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा पनि आफ्ना देशका महेन्द्रसिंह धोनीलाई पछि पारे । उनले २३० छक्का प्रहार गर्दा धोनीले २२८ छक्का हिर्काएका छन् । सर्वाधिक छक्काको कीर्तिमान भने शाहिद अफ्रिदीको नाममा रहेको छ । पाकिस्तानी स्टार अफ्रिदीले ३५१ छक्का प्रहार गरेका छन् । त्यस्तै, क्रिस गेलले ३२६ र सनथ जयसूर्याले २७० छक्का प्रहार गरेका छन् ।

रोहित शर्मा विश्वकप क्रिकेट

विशेष