खेल

सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज तीन खेलाडी हेरफेर गरेको छ । चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आज प्लेइङ–११ मा समावेश गरिएको छ ।

 

अघिल्लो खेलमा टिममा स्थान पाएका प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बमलाई आज आराम दिइएको हाे । यदि सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ । पहिलो खेलमा चीनविरुद्ध १० विकेटले विजयी भएको नेपाली टिम आत्मविश्वासले भरिएको छ ।

 

साथै उक्त जीतसँगै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफलसमेत भइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल अंक तालिकाको शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ । हालसम्म नेपाल र सिंगापुरबीच १० पटक खेल भएको छ । जसमा नेपाल ९ खेलमा जीत दर्ता गर्न सफल भएको छ । एक खेल प्रतिकूल मौसमका कारण नतिजाविहीन भएको थियो ।  

सिंगापुर भर्सेस नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट

विशेष