खेल

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, खडक–रितको अर्धशतक पूरा

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, खडक–रितको अर्धशतक पूरा

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३५ ओभरमा १ विकेट गुमाएर २११ रन बनाएको छ । नेपालले पहिलो विकेट १४.३ ओभरमा पहिलो विकेटका रुपमा पवन सराफलाई गुमायो । उनी आज ४५ रनमा आउट भए । पवनले पहिलो खेलमा चीनविरुद्ध ४६ रन बनाएका थिए ।  


खडक–रितको अर्धशतक पूरा 
सिंगापुरविरुद्ध नेपालका रित गौतम र खडक बोहराले शानदार र्अशतक पूरा गरिसकेका छन् । खडकले ४२ बलमा र रितले ६७ बलमा अर्धशतक बनाएका हुन् । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । किनारारा ओभल क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज तीन खेलाडी हेरफेर गरेको छ ।

 

चीन विरुद्धको खेलमा आराम दिएका कुशल मल्ल, विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई आज प्लेइङ–११ मा समावेश गरिएको छ । अघिल्लो खेलमा टिममा स्थान पाएका प्रतिस जिसी, कमलसिंह ऐरी र लोकेश बमलाई आज आराम दिइएको हो । यदि सिंगापुरलाई हराए नेपाल समूह विजेता बन्नेछ । पहिलो खेलमा चीनविरुद्ध १० विकेटले विजयी भएको नेपाली टिम आत्मविश्वासले भरिएको छ ।

 

साथै उक्त जीतसँगै नेपाल सेमिफाइनलमा स्थान बनाउन सफलसमेत भइसकेको छ । समूह ‘ए’ मा रहेको नेपाल अंक तालिकाको शीर्ष र सिंगापुर दोस्रो स्थानमा छ । चीन अंकविहीन रहेको छ । हालसम्म नेपाल र सिंगापुरबीच १० पटक खेल भएको छ । जसमा नेपाल ९ खेलमा जीत दर्ता गर्न सफल भएको छ । एक खेल प्रतिकूल मौसमका कारण नतिजाविहीन भएको थियो ।  

 

सिंगापुर भर्सेस नेपाल क्रिकेट प्रतियोगिता खडक बोहरा रित गौतम

विशेष