मनोरञ्जन

भारतीय अभिनेता ऋतिक रोशनविरुद्ध ठगी मुद्दा

भारतीय अभिनेता ऋतिक रोशनविरुद्ध ठगी मुद्दा

आउँदै गरेको चलचित्र ३० को प्रमोशनमा रहेका ऋतिक रोशनविरुद्ध मुद्दा परेको छ। उनीविरुद्ध हैदराबादको साइबराबादमा ठगी गरेको उजुरी परेको हो।

आइ. शशिकान्तका जिमकर्ताले एक जिम कम्पनी र उक्त कम्पनी कम्पनीका बान्ड एम्बेस्डर ऋतिक रोशनले आफ्नो वाचा पूरा नगरेको आरोप लगाएका छन्। ऋतिक र कम्पनीले वजन कम गर्ने र डेली वर्काआउट सेशन गराउने आफ्नो वाचा पूरा नगरेको उनको आरोप छ। मुद्दा इन्डियन प्यानल कोडको सेक्सन ४०६ र ४२० अनुसार दर्ता भएको हो।

रिपोर्टअनुसार उजुरी पत्रमा कम्पनीले आफ्नो विज्ञापनमा गरिएको दावा अनुसार पूरा वर्कआउट शेसन नगराएको बताइएको छ। २०१८ डिसेम्बरमा क्योर फिट जिममा डिस्काउन रेटमा मेम्बरसिप लिएका उनले जिममा वर्कआउट गर्नका लागि प्रयाप्त ठाउँ पनि नभएको उजरीमा उल्लेख गरेका छन्। उनले जिम सेन्टरले दुर्व्यवहार गर्नुका साथै मानसिक तनाव पनि दिएको बताएका छन्।

प्रहरीले जिम सेन्टर र ऋतिक रोशनविरुद्ध उजुरी परेको पुष्टि गरेको छ। केपीएचबीका प्रहरी इन्स्पेक्टर के लक्ष्मी नारायणले विज्ञापनअनुसार पूर्णरूपमा ट्रेटिङ नदिएको भन्दै शशिकान्तले उजुरी दिएको बताए। उनले भने, 'शशिकान्तले कम्पनीका डाइरेक्टर र एम्बेस्डर ऋतिक रोशनविरुद्ध ठगीको आरोप लगाएका छन्। आइपीसीको धारा ४०६ र ४२० अनुसार एक्टर र तीन डाइरेक्टर मुकेश बंसल अंकित नागोरी र शंमुगावलविरुद्ध मुद्दा दर्ता भएको छ। यसको अनुसन्धान जारी छ।'

ऋतिक रोशन

विशेष