खेल

९० रन बनाएर आउट भए खडक, नेपाललाई तेस्रो झड्का

९० रन बनाएर आउट भए खडक, नेपाललाई तेस्रो झड्का

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा ३९.५ ओभरमा विशाल विक्रम केसीलाई गुमाएको हो । उनी १ रनमा आउट भएका हुन् ।

 

यसअघि दोस्रो विकेटका रुपमा खडक बोहरा ९० रन बनाएर एल्बीडब्लू आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ४१ ओभरमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको छ । नेपालले पहिलो विकेटरुपमा १४.३ ओभरमा पवन सराफ ४५ रनमा आउट भएका थिए ।   
  

खडक बोहरा

विशेष