मुख्य समाचार

वीरगन्जको एक वनस्पति उद्योगमा भीषण आगलागी

वीरगन्जको एक वनस्पति उद्योगमा भीषण आगलागी

वीरगन्ज  । वीरगन्ज महानगरपालिका–२१ लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा भीषण आगलागी भएको छ । पर्साका प्रहरी नायव उपरीक्षक अनन्त राज शर्माका अनुसार शनिबार बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।  

 

आगलागी नियन्त्रण गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले प्रयास गरिरहेको शर्माले बताए । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न नसकेको उनको भनाइ छ ।

वीरगन्ज सुशील वनस्पति उद्योग

विशेष