'गोर्खे' को ४५ दिनमा इन्डक्ल्याप
काठमाडौं : कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति, तीर्थ राम कोजु र हरि थापाको निर्माण रहेको 'गोर्खे' को सम्पूर्ण छायांकन सकिएको छ। बुधबार ललितपुरको चापागाउँस्थित बज्रबाराही मन्दिरको जंगलमा सिनेमाको केही सिन छायांकन गर्दै इण्ड्क्ल्याप गरिएको छ।
पाल्पा, बर्दघाट, धम्पुस, पोखरा, काठमाडौंलगायत नेपालको रमणीय स्थानमा छायांकन गरिएको यस सिनेमालाई निर्देशक शंकर महर्जनले निर्देशन गरेका हुन्। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस सिनेमाले गोर्खे बन्ने सपना बोकेका ५ युवाको कथालाई सिनेमामा देख्न पाइने निर्माता हरि थापाले बताए ।
सौरव लामा र निरज कंडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बूले लेखेका हुन्। करिब ४५ दिनमा छायांकन सकिएको यस सिनेमाको एक गीत 'सिन्के अचार' अहिले निकै हिट पनि छ। यस सिनेमाको गीतमा कोरियोग्राफी भने शिव बिकको रहेको छ।
छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको यस सिनेमामा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ।
नेपाल प्रदर्शन मिति तय नभएको यस सिनेमाको चाडैँ नै अस्ट्रेलिया र अमेरिकामा शो हुने निर्माता हरि लामाले बताएर 'हामीले नेपाल प्रदर्शन मिति तय गरेका छनौँ तर विदेशको केहि शोपश्चात भने नेपाल रिलिज मिति तय गर्नेछौँ' निर्माता हरि लामाले भने।
मित्र डी गुरुङको सम्पादन रहेको यस सिनेमाको वितरण जिम्मा भने बितरक सुनिल मानन्धर लिएका छन्।
गोर्खे