खेल

मलेसियालाई छैठौं झड्का, सागरको घातक बलिङ (LIVE)

मलेसियालाई छैठौं झड्का, सागरको घातक बलिङ (LIVE)

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले २७ ओभरमा ६५ रन दिएर महत्वपूर्ण ५ विकेट लिइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालका सागर ढकालले ३, कुसल मल्ल र कमलसिंह ऐरीले एक–एक विकेट लिइसकेका छन् । मलेसियाका पाँचौं ब्याट्सम्यान रन आउट भए । उनलाई भीम सार्कीले रन आउट गर्न सफल भए ।

 

नेपालले आज टस जितेर बलिङ गरिरहेको हो । नेपाली टोली लिग चरणको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा समूह‘ ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो। यसैगरी समूहको दोस्रो खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त खेलमा नेपालका ओपनर ब्याट्सम्यान रीत गौतमले अविजित एक सय १५ र खड्कबहादुर बोहराले ९० रन बनाएका थिए। कुशल मल्लले पनि अविजित ५१ रनको योगदान गरेका थिए।

 

समूह ‘ए’ बाट नेपाल विजेता र सिंगापुर उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए। सिंगापुरले भने सोमबार नै हङकङसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ। दोस्रो सेमिफाइनल खेल एसटीसी ओभलमा खेलिनेछ। हङकङ समूह ‘बी’ को विजेता र मलेसिया उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्। हङकङले समूहगत चरणमा आफूले खेलेका तीनवटै खेलमा जित हात पारेको थियो। मलेसियाले भने समूहगत चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेको थियो। प्रतियोगिताको फाइनल खेल मंगलबार खेलिनेछ। 

">

नेपाल भर्सेस मलेसिया

विशेष