खेल

जिम्बाबे विरुद्धको सिरिज आयरल्याण्डले जित्यो

जिम्बाबे विरुद्धको सिरिज आयरल्याण्डले जित्यो

काठमाडौं । जिम्बाबे विरुद्धको एकदिवसीय सिरिज आयरल्याण्डले ३–० ले कब्जा गरेको छ । आइतबार राति सम्पन्न अन्तिम खेलमा ६ विकेटले जीत  निकाल्दै आयरल्याण्डले सिरिज कब्जा गरेको हो । सिरिजको तेस्रो खेलमा जिम्बाबेले दिएको १९१ रनको सामान्य लक्ष्य आयरल्याण्डले ४१.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

 

उसका लागि जेम्स म्याकलमले ५४, विलियम प्रोटरफिल्डले ४९, पउल स्टर्लिङले ३२, केभिन ओब्रायनले नट आउट ३५, एण्ड बलबिर्नीले ५ र लोर्कन टुसीकेरले अविजित ८ रन बनाए । बलिङमा सोलुमान मिरे, सेन विलियम्स, टेन्दाई छतारा र र्यान बर्ललले एक–एक विकेट लिए । 

 

टस जितेर पहिला ब्याटिङ गरेर ४६.५ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो । उसका लागि सेन विलियम्सले ६ चौकाको मद्दतमा १०३ बलमा सर्बाधिक ६७ रन बनाए । यस्तै रिचमोन्ड मुटुम्बामी, केली जोर्विसले २८–२८, कप्तान हमिल्टन मसकाकादाले २३, सुलेमान मिरेले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टम मर्टघले ३, शेन गेटकाटे, ब्वोइड र्याकिंन र मार्क एडियरले २–२ विकेट लिए । तीन खेलमो सिरिजमा आयरल्याण्ड २–० ले अगाडि छ । 

एकदिवसीय सिरिज जिम्बाबे भर्सेस आयरल्याण्ड

विशेष