विश्वकप सेमिफाइनलः आज भारत र न्यूजिल्याण्ड खेल्दै, सम्भावित प्लेइङ–११
काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत मंगलबार भारत र न्यूजिल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुँदैछ । वान डे क्रिकेटको सम्पूर्ण रेकर्ड हेर्ने हो भने भारत बलियो देखिन्छ ।
हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको नतिजा भने आएन । यी दुई टिम २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।
यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११
भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिकपाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, मोहम्मद शामी, युजवेन्द्र चहल र जसप्रित बुमराह ।
न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी।
भारत भर्सेस न्यूजिल्याण्ड विश्वकप क्रिकेट