खेल

संकटमा हङकङ, सागर ढकालले लिए ५ विकेट (LIVE) 

संकटमा हङकङ, सागर ढकालले लिए ५ विकेट (LIVE) 

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालका सागर ढकालले घातक बलिङ गरेका छन् । उनले १० ओभरमा १८ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । हङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाउन पुगेको थियो ।  यो समाचार तयार पार्दासम्म हङकङले ३९.२ ओभरमा ८७ रन बनाएर ८ विकेट गुमाएको छ । फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो । यी दुई टिमबीचको खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो ।

 

श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र रसिद खान पनि खेल्दैछन् ।

 

आज नेपाली प्लेइङ–११ मा को–कोले पाए मौका? रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, हरि बहादुर चौहान, खडक बोहरा, कुशल मल्ल, रित गौतम, भिम सार्की, सागर ढकाल, कमल सिंह ऐरी, रशिद खान र तिलक राज भण्डारी  

">

नेपाल भर्सेस हङकङ सागर ढकाल

विशेष