Breaking News कुरा: खस्रा मिठा कभर स्टोरी

सानातिना विषय ल्याएर भारतसँग सम्बन्ध बिगार्ने छुल्याईं गर्छ सरकार (भिडियोसहित)

‘नेपाल–भारत टकरावले भारतीय किसानलाई समस्या आउन भएन’ 

सानातिना विषय ल्याएर भारतसँग सम्बन्ध बिगार्ने छुल्याईं गर्छ सरकार (भिडियोसहित)

काठमाडौं । लेखक तथा विश्लेषक अरुणकुमार सुवेदीले भारतबाट आउने फलफूल, तरकारीको गुणस्तर भारतले जाँचेर पठाउने र त्यसलाई नै नेपालले मान्यता दिने दुई मुलुकबीच सम्झौता भएको बताएका छन् । 

 

नेपालआजको नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’मा सुवेदीले नेपालले जाँचेको प्रमाणपत्रलाई भारतले मान्यता दिने र भारतले जाँचेर पठाएको वस्तुलाई नेपालले मान्यता दिने सम्झौता पहिले नै भएको उल्लेख गरे । 

 

भारत वा कुनै पनि मुलुकबाट नेपाल आउने तरकारी वा फलफूल चेकजाँच गर्ने काम सामान्य विभागीय मात्रै रहेको तर नेपालमा उद्यम मच्चिने गरी हल्ला गरिएको देखेर सुवेदीले आश्चर्य मानेका छन् । उनले भने, ‘केही उपकरण एउटा कोठामा राखेर प्राविधिकले जाँच्ने हो भने तुरुन्तै काम सकिन्थ्यो ।’ फलफूल र तरकारी बोकेका ट्रकको लाइन बनाउन पर्ने आवश्यकता नै नरहेको सुवेदीको तर्क छ । 

 

भारतबाट नेपाल आउने तरकारी फलफूल हप्तौंसम्म प्रवेश नगराएपछि भारतमा जनदबाब भएको सुवेदीले बताए । 

">

तरकारी र फलफूलको विषादी जाँच्ने कुरा रणनीतिक दृष्टिले भएको उनले विश्लेषण गरे । नागरिकताको विषय, आइफा अवार्डको विषय पछि विषादी परीक्षणको कुरा सिलसिलेबार रुपमा आएकोले शंका गर्ने ठाउँ रहेको विश्लेषक सुवेदीले दावी गरे । 

 

नेपालमा विषादी परीक्षणका विषयमा ढोल पिट्ने काम भएकोमा सुवेदीले आश्चर्य प्रकट गरेका छन् । 

 

नेपाल भारतबीचको सम्बन्धमा नेपाल सरकारले पनि सानातिना विषय उचालेर छुल्याईं गरेको उनी दावी गर्छन् । 
 

विशेष