खेल

हङकङलाई आठौं झड्का, कमललाई दोस्रो सफलता (LIVE)

हङकङलाई आठौं झड्का, कमललाई दोस्रो सफलता (LIVE)

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको नेपाल विरुद्धको फाइनल खेलमा हङकङले आठौं विकेट गुमाएको छ । उसले ३४.२ ओभरमा ७० रन बनाउँदा महत्वपूर्ण ८ विकेट गुमाएको हो । हकङकको सातौं  र आठौं विकेट कमलसिंह ऐरीले लिएका हुन् । यस्तै सागर ढकालले १० ओभरमा २८ रन दिएर महत्वपूर्ण ५ विकेट लिएका छन् । हङकङको छैठौं विकेट तिलक भण्डारीले लिए । उनले आफ्नो २.२ ओभरमा विकेट लिन सफल भएका हुन् । 

 

हङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाउन पुगेको थियो । फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो । यी दुई टिमबीचको खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र राशिद खान पनि खेल्दैछन् ।

 

आज नेपाली प्लेइङ–११ मा को–कोले पाए मौका? रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, हरि बहादुर चौहान, खडक बोहरा, कुशल मल्ल, रित गौतम, भिम सार्की, सागर ढकाल, कमल सिंह ऐरी, रशिद खान र तिलक राज भण्डारी  

 ">

हङकङ भर्सेस नेपाल

विशेष