खेल

नेपालका बलसामु हङकङ निरीह, ९५ रनमै अल आउट

नेपालका बलसामु हङकङ निरीह, ९५ रनमै अल आउट

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हकङकले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएका हङकङले ४३.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनायो । उसका लागि अदित गोरोवाराले सर्बाधिक २४ रन बनाउनुबोहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा नेपालका सागर ढकालले ५, कमलसिंह ऐरीले ३, कुसल मल्ल र तिलकसिंह भण्डारीले एकएक विकेट लिए । 

 


श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिश जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र राशिद खान पनि खेल्दैछन् ।

 

आज नेपाली प्लेइङ–११ मा को–कोले पाए मौका ? रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, हरि बहादुर चौहान, खडक बोहरा, कुशल मल्ल, रित गौतम, भिम सार्की, सागर ढकाल, कमल सिंह ऐरी, रशिद खान र तिलक राज भण्डारी  

नेपाल भर्सेस हङकङ क्रिकेट प्रतियोगिता

विशेष