हमजाएगा उखान– ‘ओरालो लागेको धोवीलाई साबुनले पनि खेद्छ’
दार्जिलिङका हमजाएगाको प्रभाव नेपालमा पनि प्रशस्त छ । उनका जोकले नेपाली समाजमा छुट्टै छाप छोडेको छ । अहिले उनी यस लोकमा त छैनन, तर उनको हाँस्यरसको ख्याती हराएको छैन् । पेशाले उनी ट्याक्सी चालक थिए । उसबेला हम जाएगाको ट्याक्सी चढ्न मारामार चल्थ्यो । जब अरु ट्याक्सी चालक कतै जान ईन्कार गर्थे, उनी तत्पर हुँदै भन्थे– ‘हम जाएगा ।’ यही तत्परताले नै जीवनमा नयाँ विशेषण पाउन सफल भए । हम जाएगाको हास्यक्षमता कति थियो भन्ने जानकारी गराउन उनले परिमार्जित गरेका केही उखान यहाँ प्रस्तुत छ ।
बाँदरको पुच्छर, टाई न इँजार ।
एक थुकी सुकी, सय थुकी टीबी ।
कलेज पढ्ने केटाकेटी घर न घाटको ।
तरुनी हुँदा सयवटा पोइ, मर्ने बेलामा कोही न कोही ।
सातो हराएकी सासु , बुहारी हिँड्दा तर्सिन्छे ।
के निहुँ पाउँ, कान्छी स्वास्नी ल्याउँ ।
एक दर्जन छोराछोरी, सिन्दुर लाउन लाज ।
विहे गर्नु कहिले कहिले, नानी पाउँछन् पहिले ।
दिनभरि बाउन, रातभरि डाउन ।
नेताको कुरा १२ वर्ष सुनेपनि झूटै ।
जुन लोग्नेको तरुनी स्वास्नी, उसको मुटु ढुकढुक ।
रुप विगार्ने गाँड, मान्छे विगार्ने राँड ।
अभागी बाथरुम पस्यो, बाथरुममा सर्प पस्यो ।
घाँटी हेरेर हाइनेक किन्नु ।
एकपल्ट टपहिल खाको केटो, जुत्ता पसल देख्दा तर्सिन्छ ।
ओरालो लागेको धोवीलाई साबुनले पनि खेद्छ ।
सबै केटीले कपाल काटे, रिबन कसले बाँध्ला ?
हमजाएगा हाँस्यरस