मुख्य समाचार

बालुवा निकाल्न खनेको खाल्डोमा डुवेर दुई जनाको मृत्यु

बालुवा निकाल्न खनेको खाल्डोमा डुवेर दुई जनाको मृत्यु

धादिङ । बालुवा निकालेर छाडिएको खाल्डोमा डुबेर धादिङमा शनिबार दुई जनाको मृत्यु भएको छ । 

गजुरी –६ स्थिति ठूलीफाँटमा रहेको दरिंगाल खोला किनारबाट बालुवा निकालेर छाडिएको खाल्डोमा परेर मृत्यु हुनेहरुमा २१ वर्षका भिम तामाङ र २३ वर्षका सुमन स्याङतेन छन् । 

प्रहरीका अनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न पुगेका थिए ।

मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँने मजदुरहरु थिए । 
अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।
 

विशेष