जब अश्वत्थामाले ब्रम्हास्त्र छाडेर फिर्ता लिन जानेनन् ...
कुनै पनि काममा सफलता प्राप्त गर्नु छ भने त्यो कामसँग जोडिएका विषयवस्तुको पूरा ज्ञान हुनुपर्दछ। त्यसपछि मात्रै हामीलाई सफलता प्राप्त हुन्छ। यदि अधुर ज्ञान लिएर कुनै काम गरियो भने त्यसबाट हामी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ। महाभारतको एउटा प्रसंगबाट पनि यो कुरा बुझ्न सकिन्छ। हाम्रो लागि अधुरो ज्ञान कति खतरनाक हुन सक्छ पढ्नुहोस् भहाभारतको एउटा प्रसंग :
अश्वत्थामाको ब्रह्मास्त्रमा अधुरो ज्ञान
महाभारत युद्ध पछिको प्रसंग हो। दुर्योधनले आफ्नो मृत्युभन्दा पहिला अश्वत्थामालाई कौरव सेनाको अन्तिम सेनापति नियुक्त गरेका थिए। अश्वत्थामाले पान्डवका पाँच छोरा, धृष्टधुम्र, शिखन्डीसहित कैयौँ योद्धाहरूलाई एक्लै मारिदिए। त्यसपछि पनि उनको रिस शान्त भएन। अर्जुनले पनि उनको वधको प्रण लिएर खोजीमा थिए। दुवैबीच भयनक युद्ध भयो।
दुवैका गुरु द्रौणाचार्य थिए। सबै शस्त्रमा परिचालनमा दुवै कुशल थिए। युद्ध भीषण हुँदै थियो। यसै क्रममा अश्वत्थामाले अर्जमाथि ब्रह्मास्त्र चलाए। जवाफमा अर्जुनले पनि अश्वत्थामामाथि ब्रह्मास्त्र छोडे। दुवै अस्त्रले पूरै धर्ती र मानव जातिको विनाश हुन थाल्यो।
यो देखेर वेद व्यास दुवै अस्त्रका बीचमा आए। उनले दुवै ब्रह्मास्त्रलाई रोकिदिए। अर्जुन र अश्वत्थामालाई धेरै सम्झाए। उनले दुवैलाई आ-आफ्नो अस्त्र फिर्ता लिन आग्रह गरे। अर्जुनले व्यासको आग्रह स्वीकार गरेर तुरुन्त आफ्नो ब्रह्मास्त्र फिर्ता लिए। तर अश्वत्थामाले आफ्नो बह्मास्त्र फिर्ता लिएनन्।
वेद व्यासले अश्वत्थामालाई सोधे तिमीले किन आफ्नो अस्त्र फिर्ता नलिएको भनेर। जवाफमा अश्वत्थामाले आफूलाई बह्मास्त्र फिर्ता लिने विद्याको ज्ञान नभएको बताए। यसबाट वेद व्यास अत्यान्तै क्रोधित भए। उनले अश्वत्थामालाई हप्काउँदै भने 'तिमीलाई जुन विद्याको पूरा ज्ञान छैन भने त्यस कुरालाई किन प्रयोगमा ल्यायौ? यो पूरै सृष्टिका लागि पनि खतरा हुन्छ।'
यसो भनेर उनले अश्वत्थामालाई श्राप पनि दिए। यो प्रसंग बताउँछ कि विद्या जुनसुकै होस् त्यसको हामीलाई सम्पूर्ण ज्ञान हुन पर्दछ। यदि हामीले विद्या हाँसिल गर्न थोरै मात्रै भूल गर्छौँ भने त्यसको घातक परिणाम भोग्न पर्छ।