मासिक एक लाखसम्म कमाउन सक्ने तालिम हामी नै दिन्छौं (भिडियोसहित)
काठमाडौं । हातमा सीप छ भने बेरोजगार बस्न पर्दैन । सैद्धान्तिक ज्ञानभन्दा प्राविधिक सीप हाम्रो जस्तो मुलुकमा बढी प्रभावकारी भएको पाइन्छ । प्राविधिकमा पनि कम्प्युटरको सहयोगमा गरिने कार्यहरुमा निपूर्ण जनशक्तिको माग जताततै उच्च छ । कम्प्युटरमा अनेक प्रकारका काम गर्न सकिन्छ । त्यसमा पनि एनिमेटर, ग्राफिक्स डिजाइनरको माग बढी छ ।
नेपालमा विज्ञापन एजेन्सी, टेलिभिजनहरु, टेलिफिल्म, फिल्म आदिमा एनिमेटरहरुको आवश्यकता हुन्छ । त्यो मात्रै पनि होइन, सामान्य भिडियो सम्पादन गर्न कुसल व्यक्तिका लागि पनि यस्ता क्षेत्र गन्तव्य बन्न सक्छन् ।
सीप सिक्न खोज्नेहरुका लागि सरकारी प्राविधिक विद्यालयहरु पर्याप्त छैनन् । तर निजी क्षेत्रले यस्ता सीपहरु सिकाउने केन्द्रहरु खोलेका छन् । जहाँ केही महिनाको तालिमबाटै प्रोफेस्नल बन्ने यात्रा शुरु हुन सक्छ ।
यदि नेपालको सन्दर्भमा एनिमेसन सिकाउने इन्स्टिच्युटहरुको कुरा गर्ने हो भने ‘माया एनिमेसन’ लिडिङ संस्था हो । काठमाडौंमा माया एनिमेसन भन्ने नाम नै पर्याप्त हुन्छ । एनिमेसन, ग्राफिक डिजाइन सिक्ने केन्द्रका रुपमा सबैले थाहा पाएको र परिचित तथा स्थापित नाम माया एनिमेसन नै हो ।
माया एनिमेसन एकाडेमीका संस्थापक इन्द्रलाल बलामी त प्राविधिक शिक्षालाई बढी महत्व दिन्छन् । उनको मतमा उत्पादन, विकास निर्माणको काम प्राविधिक शिक्षा नै चाहिन्छ । यस्ता काममा व्याकरण जानेर मात्रै हुँदैन ।
नेपाल विकास नभएको देश, यो देशमा पूर्वाधार विकासका लागि प्राविधिक ज्ञान भएका हजारौं जनशक्ति अहिले पनि चाहिएको छ । विकासका लागि चाहिने सबैखाले शिक्षा, तालिम एउटै संस्थाले दिँन सक्दैन । तर माया एनिमेसन एकाडेमीले दिने तालिम लिएर पनि धेरैले रोजगारी पाएका छन् । यस्तो शिक्षा लिएपछि संसारभर नै उपयोग हुन्छ ।
माया एनिमेसनबाट दिइने तालिम लिएकाहरु संसारको जुन कुनामा गए पनि भोकै बस्नु पर्ने अवस्था आउँदैन । यस्ता जनशक्तिको उपयोग सबैतिर हुन्छ । बलामी भन्छन्, ‘ थ्रिडी एनिमेसनको स्पेलाइजेसन, भिएफएक्स, थ्रिडी मोडलिङ, आर्किटेक्टहरुका लागि चाहिने प्रोग्रामहरु सिकाइरहेका छौं । ग्राफिक्स, भिज्वल सम्पदान, टु डी एनिमेसन सिकाउँछौं । यस्ता तालिम लिएपछि चाँडै रोजगार हुन पनि सकिन्छ ।’
राजधानीको कान्तिपथ (जमल) स्थित माया एनिमेसन एकेडेमीमा प्राविधिक सीप सिक्ने युवायुवतीको घुइँचो नै लाग्ने गरेको छ ।
उपत्यकाका अन्य एकेडेमीको तुलनामा आफ्नो बजेटले भ्याउने, भरपर्दो र अनुभवका आधारमा प्रशिक्षकको विशेष निगरानीमा प्रविधियुक्त सीप सिक्न पाइने भएकाले यहाँ तालिम लिन आउनेको संख्या अत्यधिक रहेको छ ।
मायामा एक महिनेदेखि २ वर्षसम्मका कोर्सहरु पनि छन् । कम्तिमा पाँच हजारदेखि शुल्क शुरु हुन्छ । औसतमा मायाबाट आधारभूत तालिम लिएर निस्केका जनशक्तिले समेत २० हजार मासिक कमाउन थालिहाल्छन् । अनु्भवीले त ५० हजारदेखि १ लाखसम्म कमाउन सक्छन् ।
माया एकेडेमीमा के के सिकाइन्छ ?
१. फोटो एडिटिङ ।
२. ग्राफिक डिजाइन ।
३. भिडियो एवं मूभि एडिटिङ ।
४. भिएफएक्स ।
५. थ्री डी एनमेसन एन्ड गेम डिजाइन ।
६. अटोक्याड ।
७. थ्री डी भिज्युलाइजेसन ।
८.आर्किटेक्टहरुका लागि आवश्यक तालिम
९. टु डी एनिमेसन
कसरी सम्पर्क गर्ने ?
राजधानी काठमाडौंको कान्तिपथ (जमल) मा रानीपोखरी नजिकै पुगेर त्यसको ठीक उत्तरतिर माया एनिमेसन एकेडेमीको साइनबोर्ड सजिलै देख्न सकिन्छ । शान्त वातावरणमा माया एकेडेमीको कार्यालयमा पुगेर सहजै रूपमा संस्थापक एवं सञ्चालक बलामीलगायत सम्बन्धित प्रशिक्षकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ वा ०१–४२३९५०९ कार्यालयको टेलिफोन र मोबाइल नं. ९८६०१४०५१३ मा सीधै सम्पर्क गर्न पनि सकिन्छ ।
आत्मनिर्भर बन्न चाहने युवायुवतीका लागि मायाको यो स्वर्ण अवसर हो भन्ने कुरामा दुईमत छैन । अब सिर्फ जाँगर र उत्साह र लगनशीलताको मात्र आवश्यकता देखिन्छ ।
‘भिज्युअल आर्टस् सिकौं महिनाको लाखौं कमाऔं ।’