बकर ईद राष्ट्रिय एकताको पर्व–राष्ट्रपति भण्डारी
काटमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्वीहरुको महान पवए बकर ईद (इदुल जोहा)ले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउन सकोस् भन्दै शुभवकामना व्यक्त गरेकी छिन् ।
सोमबार बकर ईदका अवसरमा राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा ‘साझा साँस्कृतिक धरोहरका रुपमा रहेका असल परम्पराहरुको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने’ उल्लेख छ ।
नेपालको विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षणमा बकर ईदले महत्वपूर्ण योगदान दिने भन्दै यो पर्वले सबैमा सुख शान्ति प्रदान गरोस् भन्ने कामना गरिएको छ ।