खेल

वानडे सिरिजः वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत

वानडे सिरिजः वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा भारत ५५ रनले विजयी भएको छ । आइतबार राति भएको खेलमा भारतले दिएको २८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो । उसका लागि इभन लुइसले ६५, निकोलश पूरनले ४२, शिमरोन हिटमायर, रोस्टन जेसले १८–१८, सेल्डन कट्रेलले १७, कप्तान जसन होल्डरले नटआउट १३ र क्रिस गेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

बलिङमा भारतका भुवनेश्वर कुमारले ४, मोहम्मद शामीले २, कुलदीप यादवले २–२, खलिल अहमद र रविन्द्र जडेजाले एकएक विकेट लिए । यअसघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा  ७ विकेट गुमाएर २७९ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले १ छक्का र १४ चौकाको मद्दतमा १२५ बलमा १२० रन बनाए ।

 

यस्तै श्रेयस अय्यरले ७१, रोहित शर्माले १८, ऋषभ पन्तले २०, केदार जाधव, रविन्द्र जडेजाले १६–१६ रन बनाए । बलिङमा वेस्ट इन्डिजका कार्लोस ब्रार्थवेटले ३, रोस्टन जेस, जसन होल्डर र सेल्डन कोट्रेलले एकएक विकेट लिए । तीन खेलको सिरिजमा भारतले १–० ले अग्रता लिएको छ ।

वेस्ट इन्डिज भर्सेस भारत एकदिवसीय सिरिज

विशेष