सन्दीप लामिछानेको भिषा रिजेक्ट, लेखे यस्तो स्ट्याटस

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई संयुक्त राज्य अमेरीकाले भिषा दिन अस्वीकार गरेको छ ।
क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका सन्दीपलाई अमेरीकाले भिषा दिन इन्कार गरेको हो । यसबारे सामाजिक सञ्जालमा सन्दीपले आक्रोश पोखेका छन् ।
ट्विटरमा उनले अमेरीकी दुतावास, पिएम नेपाल, क्यारेबियन पिमियर लिग आयोजकसमेतलाई मेन्सन गरेर ट्विट गरेका छन् ।