मुख्य समाचार

ट्रकले ठक्कर दिँदा पुलमा क्षति, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

ट्रकले ठक्कर दिँदा पुलमा क्षति, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा पुलमा क्षति हुँदा राजमार्ग अवरुद्ध भएको छ । ट्रक ठोक्किँदा पुलमा क्षति भएको हो । प्रहरीकानुसार पुलमा क्षति पुगेपछि बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलबाट ठूला सवारी साधान आवत–जावत गर्न नसक्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । 

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा गाडी रोकिएर लाम लागेको छ ।  साना सवारी भने एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुन सक्ने सम्भावना कम भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न भनिएको छ ।

पूर्व–पश्चिम राजमार्ग

विशेष