गर्भवती अभिनेत्रीको पानी फोटो

अरुभन्दा भिन्न देखिन कलाकारले के गर्न बाँकी राखेका छन् र ? समीरा रेड्डी नाम गरेकी भारतीय अभिनेत्रीले पानीमुनि फोटो शुट गरेकी छन् ।
अझ अचम्म त के छ भने उनी गर्भवती अवस्थामा छिन् । गर्भमा रहेका बेला त्यो पनि पानीमुनि गरिएको फोटो सामाजिक सञ्जालमा ट्रोल नै भएको छ ।
यद्यपि यो फोटो व्यावसायिक प्रयोजनका लागि खिचिएको हो । यसअघि करिना कपूरले बेबी बम्पकासाथ यस्तै फोटो सार्वजनिक गरेकी थिइन् , जुन अत्यन्त भाइरल भएको थियो ।