मुख्य समाचार

नेपाल आज समाचार प्रभाव : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती कार्की पक्राउ

नेपाल आज समाचार प्रभाव : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती कार्की पक्राउ


काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व सार्वजनिक भएको भिडियोमा उनले उल्लेख गरेकी युवती ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

पुडासैनीले आत्महत्या पूर्व उनको पनि नाम लिएको भिडियो सार्वजनिक भएको थियो ।  नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो। कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।  पत्रकार शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।  

पत्रकार पुडासैनीको आत्महत्याको भिडियो नेपाल आजले सार्वजनिक गरेसँगै चितवन प्रहरीले अनुसन्धान अघि बढाएको हो । पत्रकार पुडासैनी आत्महत्याबारको भिडियो नेपाल आजले बुधबार सार्वजनिक गरेको थियो । 

हेर्नुहाेस् भिडियाे :

आत्महत्या गर्नुपुर्व रेकर्ड भएको पाइएको भिडियोमा शालिकरामले आत्महत्याको कारणमा पत्रकार रवि लामिछाने, युवराज कँडेलसँगै ओखलढुंगाकी युवती रुकू भनिने अस्मिता कार्की जिम्मेवार रहेको बताएका थिए । 

र, यो पनि पढ्नुहोस:

शालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित  

मृत्यु रोजेका पत्रकार पुडासैनीले भनेका रहेछन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः चितवनका एसपी भन्छन्, ‘आज र भोलिसम्ममा एक्सन देख्नुहुनेछ’ 

‘आर्यघाटमा रबि लामिछाने हतास देखिनुहुन्थ्यो, नबोली भाग्नुभयो’ 

 

 

अस्मिता कार्की रुकु भनिने अस्मिता कार्की पत्रकार शालिकराम पुडासैनी

विशेष