किन, कहिले अनि कति समयमा फेर्ने जनै
हरि न्यौपाने
काठमाडौँ । जनैपूर्णिमाका दिन सनातनी हिन्दू धर्मलम्वीहरुले बिहानै नदी, तलाउमागई गाईको गोबर तथा तुलसीको मोठको माटोलगाई नुहाएर शुद्धभई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै धारण गर्छन । अन्य दिन जनै नलगाउने युवा पुस्ता यस दिन भने मन्दिरतिर कोही पुजारी वा पण्डित भेटिन्छ कि भनेर धाएको पाइन्छ । धेरैलाइ जनैका विषयमा जानकारी नहुन पनि सक्छ । आखिर के हाे त जनै ?
जनैमा दुई शिखा हुन्छन् । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् । पारस्करगृहसूत्रमा जनै किन लगाउने भन्नेबारे एक मन्त्र उल्लेख छ ।
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
अर्थात् प्रजापतिद्वारा प्रतिपादित यज्ञद्वारा पवित्र पारिएको परिधानीय धागो र सूत्र विशेष धारणा गर्नाले आयु, बल, तेज, प्रज्ञा, मेधाजस्ता गुण प्राप्त हुन सकून्।
मूलतः हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको हुन्छ । चार महिनाभित्र जनैको आयु सकिन्छ । त्यसपछि जनै फेर्नुपर्छ । त्यसोभए चार महिनामा मात्र जनै फेर्ने हो त ? होइन विभिन्न नियम तोकिएको छ । ती नियमले बाँधेको समयभित्र पनि जनै फेर्नुपर्छ ।
भनिएको छ – ‘सूतके मृतके चैव गते मासचतुष्टये ।
नव यज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् ।।’ अर्थात् सूतक र मृतक आशौच वा चार महिना बितेको कारण तिम्रो मिति गुज्रियो अतः म अब नयॉ यज्ञोपवीत धारणा गर्दछु ।
नयाँ जनै धारण गर्दा पनि माथि उल्लेख गरिएको यो मन्त्रोच्चारण गर्नुपर्छ । —
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
ब्रह्मचर्याश्रम , गृहस्थाश्रम र वानप्रस्थ आश्रमको बेला यसको धारणा अनिवार्य हुन्छ भनेर जनाउ दिन पनि तीन तीन डोरा बनाइएको हो । जनैमा पॉचवटा ग्रन्थी वा शिखा बनाइएको हुन्छ। ती गॉठाहरुले पञ्च महायज्ञलाई लक्ष्य गरेका हुन् भने हामी प्राणीहरुको रचनामा पृथ्वी , पानी , तेज , हावा र आकाशका पञ्चतत्वलाई सङ्केत गरेको प्रतीत पनि हुन्छ ।
र, यो पनि पढ्नुहोस् :
जनै पूर्णिमा : महत्व र धार्मिक पक्ष
किन र कहिले कति समयमा फेर्ने जनै