प्रदेशसभा ५ का प्रमुख सचेतकको घरमा बम विष्फोट

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा ५ का प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ । रुपन्देही सैनामैना–७ रामापुरमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।
मध्यरातमा करीब २ बजेतिर बम प्रहार भएको थियो । ढकाल सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र उहाले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको हो ।
प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक रवि मैनालीले प्रहरीको टोली भरखर मात्रै घटनास्थल पुगेकाले बम कसले प्रहार गर्यो भन्ने खुल्न नसकेको बताए । सचेतक ढकाल भने घरमा छैनन् ।
बिरामीका कारण उनी ४ दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचार गराइरहेका छन् । सचेतक ढकालले आफू घरमा भएको ठानेर बम प्रहार गरेको हुनसक्ने बताए ।
बम विष्फोट