मुख्य समाचार

हेटौँडामा बस दुघर्टनाः एकको मृत्यु, १५ जना घाइते

हेटौँडामा बस दुघर्टनाः एकको मृत्यु, १५ जना घाइते

हेटौँडाः पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१९ स्थित दारिमटार नजिकै बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी एकको मृत्यु हुनुका साथै १५ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी मुत्यु हुनेको सर्लाही जिल्ला रामपुर बोहरवा गाउँपालिका–५ का मुकेश शर्मा रहेका छन् । ५८ वर्षीय शर्माको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँबाट रौतहटको गौरका लागि जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः ३० बजे दुर्घटना भएको थियो । बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

दुर्घटनामा घाइतेमा आठ जना सामान्य उपचारपछि गन्तब्यतर्फ लागेका छन् । ४ जनालाई थप उपचारका लागि चितवन लगिएको छ भने तीन जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट १४ किलोमिटर पश्चिममा भएको दुर्घटना भएको बसका चालम सम्पर्कमा नरहेको प्रहरीले जनाएकको छ ।

पूर्व पश्चिम राजमार्ग बस दुघर्टना

विशेष