मनोरञ्जन

१४ तस्वीरमा 'साहो' गर्ल श्रद्धा कपुर

१४ तस्वीरमा 'साहो' गर्ल श्रद्धा कपुर

'बाहुबली' फेम अभिनेता प्रभास र श्रद्धा कपुर स्टारर बहुप्रतिक्षित चलचित्र 'साहो'को रिलिज डेट नजिकिँदै गर्दा पूरै टिम अहिले प्रचार प्रसारमा लागेको छ।

प्रभासको एक्सन अवतार यसअघि सार्वजनिक भएको साहोको ट्रेलरमा देख्न सकिन्छ। ट्रेलरमा अभिनेत्री श्रद्धाका पनि एक्सन सिनहरू देखाइएको छ। चलचित्र प्रचारप्रसारका क्रममा अभिनेत्री श्रद्धा कपुरका केही तस्वीर खिचाएकी छन्। उनी ती तस्वीरमा निकै सुन्दर देखिएकी छन्। उनले आफ्नो अफिसियल ट्विटर एकाउन्टमा पोस्ट गरिएका तस्विरमा उनी निकै खुलेकी छन्।

यो फिल्म करिब १० हजार पर्दामा रिलिज हुने अनुमान गरिएको छ। हिन्दी, तेलेगु, तमिल तथा मल्यालम गरी चार भाषामा सिनेमा रिलिज हुँदैछ। चार भाषामा सिनेमा रिलिज हुने भएकाले सिनेमाले ८ हजारदेखि १० स्क्रिन पाउने भएको हो।

उत्तर भारतका ४५०० पर्दामा सिनेमा रिलिज हुने जनाइएको छ भने दक्षिण भारतमा पनि लगभग उत्तिनै संख्यामा सिनेमा रिलिज हुँदैछ। सिनेमालाई हिन्दी र तेलेगुमा गरी २ भाषामा एकैपटक छायांकन गरिएको थियो।

करिब ३५० करोड भारूमा निर्माण भएको सिनेमा निर्माण सुरू भएदेखि नै चर्चामा छ। सिनेमाले एक एक्सन सिनका लागि मात्रै ७० करोड भारू खर्च गरेको छ।

हाल सबैको आँखा सिनेमाले कति व्यापार गर्ला भन्नेमा रहेको छ। 'बाहुबली'पछि प्रभास अभिनित पहिलो सिनेमा भएकाले पनि सिनेमा दर्शकमाझ बहुप्रतिक्षित बनेको छ। सिनेमा अगस्ट ३० मा रिलिज हुनेछ।  

श्रद्धा कपुर

विशेष