मुख्य समाचार

सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा थप एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नंको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नं को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नं को मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।   

सवारी दुर्घटना तनहुँ

विशेष