मुख्य समाचार

पारसले माफी माग्दै भने, ‘हृदयेन्द्रको अनुहारमा डन्डा राखेको देखेपछि आफूलाई रोक्न सकिनँ’

पारसले माफी माग्दै भने, ‘हृदयेन्द्रको अनुहारमा डन्डा राखेको देखेपछि आफूलाई रोक्न सकिनँ’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । 
पारसले सोमबार बेलुका आफ्नो फेसबुकमा एक सन्देश लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु । ’

उनले फेसबुकमा पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन् । कोमल बायोप्सी गराउन बैंकक जाँद थिइन् ।

उनले लेखका छन्, ‘मेरो आमा बायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो । आमाको स्वास्थ्यका कारण म तनावमा थिएँ । त्यो बेला एक प्रहरीले मेरो छोराको अनुहारमा डन्डा राखेको देखेँ ।

एक नेपाली हुनु र एक बाबु हुनुको नाताले आफ्नो छोरासँग भइरहेको त्यस्तो व्यवहार देखेर मैले आफूलाई रोक्न सकिनँ ।सायद मेरो ठाउँमा अरु कोही भएको भए पनि त्यस्तै गथ्र्यो होला । तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहन्छु र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने छन् ।’

प्रहरीसँग पारसले गरेको दूर्व्यवहारका सम्बन्धमा प्रहरीले छानविन गर्ने जनाएको छ । 

विशेष